बजेटमा विभिन्न छुटको घोषणा, ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण पाइने, सिम कार्ड निःशुल्क

काठमाण्डाै – महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा राहत तथा सहुलियतका कार्यक्रम समावेश गरेको छ । मासिक २० हजार लिटर खानेपानीको शुल्क मिनाहा भएको छ । सरकारी कम्पनीले बेच्ने खाद्य सामग्रीमा निषेधाज्ञा अवधिभरका लागि २० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । यस्तै निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शुल्क नलिइने बजेटमा उल्लेख छ । यस्तै एक सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र दुई सय ५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । होटल, चलचित्र उद्योगलाई निषे...