जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् ।उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् । 

सम्बन्धित सामग्री

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका हुन्। जिसस प्रमुखमा एमालेका राजकुमार थापा र...

जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी

जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी भएको छ । रुपन्देहीमा १६ वटा पालिका छन । जिससमा रुपन्देहीमा कांग्रेसको १३, एमालेको ११, लोसपाको ३, जनता प्रगतिशिल पार्टीको २, माओवादी...

जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी

हेटौंडा – जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन्। हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन्। वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन्। […]

जिसस काभ्रेमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा एकीकृत समाजवादीका गौतम निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)काभ्रेमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस काभ्रेको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई...

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्। प्रमुखमा राई र उपप्रमुखमा झा समान...

जिसस मोरङमा एमालेको प्यानलै विजयी

मोरङ – जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। मङ्गलबार बिराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदावार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन्। विजयी उम्मेदवार राई र झाले समान २१ मत प्राप्त गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुछुढथोकीले जानकारी दिए। राईका प्रतिस्पर्धी नेपाली […]

जिसस दार्चुलामा गठबन्धनको प्यानलै विजयी

जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखसहित सबै पदमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ। जिसस दार्चुलाको नयाँ नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको हो। समन्वय प्रमुख पदमा गठबन्धनको तर्फबाट...

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर – जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन्। गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए। चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन्। जिल्लामा सत्ता गठनबन्धनको […]