मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । उहाँहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको प्रतिबन्धबाट कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिनुभयो । भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई नेपाली आकाश सुरक्षित रहेको भन्दै भन्नुभयो, आईकाओको नतिजाले नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाली विमानलाई ईयूको प्रतिबन्ध...