भारत निकासी हुन थाल्यो अर्घाखाँची सिमेन्ट

अर्घाखाँची सिमेन्ट लिमिटेडले सोमबारदेखि आफ्नो उत्पादन भारत निकासी सुरु गरेको छ । रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनियामा रहेको सिमेन्ट उद्योग परिसरबाट सोमबार भारतको सिमावर्ती महाराजगंज जिल्लाको नौतनवास्थित सुभांसु एशोसिएट डिलर मार्फत् ७० टन (१ हजार ४ सय बोरा) पीपीसी सिमेन्ट निकासी सुरु भएको हो ।