अस्पतालको कोटा घटाएर होम आइसोलेसनमा अक्सिजन दिन दिल्ली उच्च अदालतको आदेश

काठमाडौं। दिल्ली उच्च अदालतले अस्पतालहरूको कोटा कम गरेर होम आइसोलेसनमा बसेका बिरामीलाई अक्सिजन दिन आदेश दिएको छ। दिल्ली सरकारको नाममा अदालतले यस्तो आदेश दिएको हो। होम आइसोलेसनमा बसेका बिरामीलाई ध्यान दिन अस्पतालको अक्सिजन कटौती गर्न आदेश दिएको हो। दिल्लीमा २४ घण्टा नै चल्नुपर्ने अक्सिजन प्लान्ट १० देखि १२ घण्टा मात्र चलिरहेकाले पूर्ण रुपमा चलाउन समेत आदेश दिएको छ।