राप्रपा छाडेका सुनिल थापाले कांग्रेस महाधिवेशनमा पाए ५५ जना महासमिति सदस्य

काठमाडौं। राप्रपा छाडेका सुनिल थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएका छन्। केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो। सदस्य हुनेमा सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरु रहेका छन्।

सम्बन्धित सामग्री

कांग्रेस धनकुटाबाट सुनिल थापा सिफारिस, अरु को-को परे ?

धनकुटा, भदौ २० । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलवहादुर थापाको नाम सिफारिस गरेको हो। समानुपातिकमा जिल्ला सभापति दिनेश राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, संविधानसभा सदस्य अञ्जनता ताम्ली, पूर्व सभापति हरीकुमार राई, महासमिति सदस्यहरु आनन्द कुमार सन्तोषी राई, उदय लिम्बु, जिल्ला सदस्य […]

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना कांग्रेस महासमिति सदस्य (सूचीसहित)

काठमाडौं :  नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसको १४औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य दिइएको छ।राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापा समूहका ५५ जना सदस्यलाई सदस्यता दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  थापा समूहका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको  पनि पौडेलले बताए।पौडेलले भने‚ 'उक्त निर्णयअनुसार आज थापा पक्षका ५५ जनालाई महासमिति सदस्य दिइएको हो।'हेर्नु होस् सूची