बडीमालिका नगरपालिका–७ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । ‘जहाँ आफू, आफ्ना त्यहाँ’ भन्ने अभियान अनुरूप छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने विद्यालयका कर्मचारी तथा शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरेको वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न तथा सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन नगरपालिकाको ‘जहाँ आफू, आफ्ना त्यहाँ’ भन्ने नीति लिएर काम गरिरहेको वडाध्यक्ष पाध्यायले बताउनुभयो ।