२०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र १८ प्रतिशतभन्दा बढी वृद्धि

काठमाडौं। चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा २०२१ को पहिलो त्रैमासिकमा १८.३ प्रतिशतले बढेको छ। कोरोना महामारीपछि चीनमा उद्योगधन्दा तथा उपभोक्ता गतिविधि तीव्र गतिमा सामान्य बन्नाले त्यो देशको आर्थिक स्थिति सुधार भएको हो।संसारकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको त्यो देशको अवस्थामा अघिल्लो वर्षको सोही अवधिमा उल्लेखनीय गिरावट आएको थियो। चीनको कम्युनिस्ट सरकारले गत वर्ष मार्चमा कोरोनामाथि जीतको घोषणा गरेको थियो।