रियलमी ९ सार्वजनिक, बजारमा अर्को सातादेखि उपलब्ध हुने

स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ सार्वजनिक गरेको छ । यो स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ । उत्कृष्ट प्रोलाईट क्यामेरा र सामसङ आईएसओसेल एचएमसिक्स ईमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो, जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो...

सम्बन्धित सामग्री

मङ्सिर दोस्रो सातादेखि रासायनिक मल आउने

मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक

एनएसएलको नयाँ मिति भदौ अन्तिम सातालाई

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सँस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ । एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो । साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराउन आग्रह गरेको छ । यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गत

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्।...

साल्ट ट्रेडिङले अर्को सातादेखि गहुँको बीउ बेच्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफैले उत्पादन गरेको गहुँको बीउ अर्को सातादेखि बेच्ने भएको छ । यसअघि कर्पोरेशनले दशैं सकिएलगत्तै गहुँको बीउ बेच्न शुरू गर्ने बताए तापनि चाडवाडका कारण अनुकूल नभएकाले छठ सकिएपछि विक्री शुरू गरिने जानकारी दिइएको छ । देशभित्रै उन्नत जातको बीउ उत्पादन गरी किसानलाई उपलब्ध गराउन कर्पोरेशनले हरेक वर्ष एक हजार मेट्रिकटन गहुँको बीउ उत्पादन गरी विभिन्न सहकारी र एग्रोभेटमार्फत विक्री गर्दै आएको छ । उन्नत जातको बीउको अभावमा किसानले गहुँको उत्पादन राम्रो गर्न नसकेको भन्दै कर्पोरेशनले २०६० सालदेखि नै झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, चितवन लगायत तराईका जिल्लाका किसानलाई आफैले बीउ उत्पादन गरी विक्री गर्दै आएको छ । यसरी विक्री गरिने बीउ कर्पोरेशनले ती जिल्लाका किसानसँगको सहकार्यमा कन्ट्र्याक्ट फार्मिङ मार्फत उत्पादन गर्ने गरेको छ । कर्पोरेशनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार तराईका अधिकांश जिल्लामा अहिले धान काट्ने सिजन भएकाले अब अर्को सातादेखि बीउ विक्री गरिने भएको छ । ‘कन्ट्र्याक्ट फार्मिङमार्फत हामीले उत्पादन गरेको बीउ स्थानीयस्तरका विभिन्न सहकारी र एग्रोभेटहरूलाई विक्री वितरण गर्दछौं र त्यहाँबाट किसानले आफूलाई आवश्यक परिमाणमा खरीद गर्न सक्छन्,’ उनले भने । प्रतिकिलो ८० रुपैयाँका दरले किसानले यो बीउ खरीद गर्न सक्नेछन् । किसानले एक बिघा बराबर ८० किलोका दरले बियाड छर्नुपर्ने उनको सुझाव छ । कर्पोरेशनले बारा, पर्सा र चितवनका ५० जनाभन्दा धेरै किसानसँगको सहकार्यमा गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको छ । तीन जिल्लाका करीब ५०० बिघा क्षेत्रफलमा १५ हजार बिघा जमीनलाई पुग्नेगरी बीउ उत्पादन भइरहेको विभागीय प्रबन्धक खड्काले बताए । शुरुआती दिनमा वार्षिक २०० मेट्रिकटन बीउ उत्पादन गर्दै आएको कम्पनीले पछिल्ला दिनहरूमा यसको मात्रालाई बढाएर १ हजार मेट्रिकटन पु¥याएको हो । कर्पोरशनको सहयोगमा देशभित्रै उत्पादन भएको उन्नत जातको बीउबाट वार्षिक ३० हजार मेट्रिकटन गहुँ उत्पादन हुने गरेको तथ्यांक छ । उक्त बीउमा उच्च किसिमको उमार शक्ति रहेकाले पछिल्लो समय तराईका किसानबाट बढी माग हुने गरेको बताइएको छ ।

किन उपलब्ध छैन डेंगुविरुद्धको भ्याक्सिन ?

पछिल्लो दुई सातादेखि काठमाडौंका अस्पतालहरूमा डेंगुका बिरामी देखिन थालेका छन् । सन् २०१९ मा महामारीको रूप लिएको डेंगु संक्रमणले गत वर्ष खासै असर नगरे पनि यो वर्ष चिसो बढेसँगै देशभरि देखिन...

एफडीएबाट ५ देखि ११ बर्षका बालबालिकाहरुका लागि पनि फाइजर भ्याक्सिन स्वीकृत

अमेरिकाको नियामक एजेन्सी एफडीएले ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुका लागि पनि कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन स्वीकृत गरेको छ । अब सीडीसीको पुनरावलोनकपछि आगामी सातादेखि यो उमेर समुहका लागि पनि भ्याक्सिन उपलब्ध हुने जनाइएको छ । बालबालिकाहरुका लागि पनि तीनसाताको अन्तरमा दुईडोज भ्याक्सिन स्वीकृत गरिएको हो । तर बालबालिकाहरुका लागि तय भएको डोज भने जम्मा १० माइक्रोग्रामको […]

अर्कोसातादेखि ‘स्पुतनिक भी’ भारतीय बजारमा

एजेन्सी। भारतमा अर्को सातादेखि रसियन भ्याक्सिन ‘स्पुतनिक भी’ लागउन सुरु गरिने भएको छ। भारतको हैदराबादमा आज लञ्च भएको यो भ्याक्सिन अर्को सातादेखि मात्र उपलब्ध हुने भएको हो। यद्यपि, यही वर्षको जुलाईदेखि स्पुतनिकको उत्पादन भारतमै सुरु हुने छ।

दुई सातादेखि आन्दोलनरत वादी समुदाय र कर्णाली सरकारबीच पाँच बुँदे सहमति

काठमाडौं । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्र र वादी सङ्घर्ष समितिका तर्फबाट हिक्मत वादीले हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार प्रदेश सरकारको कार्यक्षेत्र नभएको हुँदा जमिन उपलब्ध गराइदिन प्रदेश सरकार, मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोध गर्ने र यसका लागि आवश्यक समन्वय गर्ने उल्लेख छ । कर्णाली प्रदेशमा रहेका वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने, प्रदेश सरकारको नाना, खाना र छाना कार्यक्रमअन्तर्गत वादी समुदायलाई यही आर्थिक वर्षमा थप कार्यक्रम सञ्चालन गर्न दिने पनि सहमति भएको छ । त्यस्तै कर्णाली प्रदेशमा रहेका वादी समुदायको उत्थान र विकासका लागि आउँदो नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कला, संस्कृति, सीपमूलक तालिम तथा आय आर्जनका विषय समावेश गर्ने, वादी समुदायले हाल सञ्चालित सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने र वादी समुदायका युवा व्यवसायीलाई सीपमूलक तालिम तथा घुम्ती कोष खडा गरी रु १० लाखसम्मको ऋणमा व्याज अनुदान व्यवस्था गर्ने सहमति भएको छ । प्रदेश सरकार र वादी समुदायीचको सहमतिपत्रमा हस्ताक्षर भएसँगै वादी समुदायको आन्दोलन स्थगित भएको भएको जनाइएको छ ।