पूँजी बजार अध्ययनका लागि सुझाव समिति गठन

सरकारले पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिनुभयो । “पूँजीबजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र …

सम्बन्धित सामग्री

लगानीकर्ताको सहभागिता बिनै पुँजीबजार सुझाव समिति गठन, को को छन् सदस्य ?

सरकारले पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको छ। नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  अर्थमन्त्री जनार्दन शर्माले सुझाव समिति गठन गरेको जानकारी दिएका हुन्  ।आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, र अर्थमन्त्रालयका सचिवहरुबीच छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी मन्त्री शर्माले दिएका हुन्। उक्त समितिले दिएको सुझावको आधारमा पुँजीबजारको विकासको लागि गर्नु पर्ने सुधारको कामहरु गरिने मन्त्री शर्माले बताए ।लगानीकर्ताहरुको दबाबमा नै समिति गठन गरिएको भएपनि समितिमा मुख्य सरोकारवालाको रुपमा रहेका लगानीकर्तालाई समावेश गराईएको छैन। विभिन्न १९ बुँदे माग राख्दै हाल पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समिति आन्दोलनमा छ । त्यस्तै अन्य लगानीकर्ता संघहरुले पनि मौद्रिक नीतिले गरेका  कतिपय ब्यबस्था संशोधन गर्न माग गर्दै आएका छन् । तर उक्त समितिमा भने लगानीकर्ताको सहभागिता छैन ।अर्थमन्त्री शर्माका प्रेस संयोजक अजित बरालका अनुसार आज बिहान भएको छलफलपछि समिति गठन गर्ने निर्णय भएको हो, तर समितिमा को को रहने भन्ने यकिन छैन । उनका अनुसार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो । समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १-१ जना प्रतिनिधि रहने छन् । त्यस्तै धितोपत्र बोर्डबाट शाखा अधिकृत तहको १ जना समितिमा सदस्य सचिवको भूमिकामा रहने छन्  । लगानीकर्ताको सहभागिताको नगराईएको विषयमा संयोजक अधिकारीले भने ' समितिले लगानीकर्ता सहित सबै सरोकारवालासँग छलफल गर्छ, सबैको सुझाव लिन्छ, यो मौद्रिक नीतिलाई सपोर्ट गर्ने गरि बनाईएको समिति हो ' ।