फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताए । उनले भने, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको