वडा नम्बर ४ को अतिक्रमित ५० रोपनी जग्गामा पार्क बनाउँदै महानगर

काठमाडौं महानगरपालिकाले व्यक्ति र संस्थाले हडपेका जग्गा फिर्ता गरेर पार्क बनाउन थालेको छ। दुई महिनाअघि वडा नम्बर ३ बाट सुरू भएको ‘सार्वजनिक जग्गा जनताको हितमा’ अभियान अहिले अरू वडामा पनि फैलिएको छ। वडा नम्बर ४ ले व्यक्ति र संस्थाले हडपेको ५० रोपनी जग्गा आफ्नो मातहत ल्याएको छ। ‘हामीले अहिलेसम्म करिब ५० रोपनी अतिक्रमित जग्गा सार्वजनिक…