विराटनगर महानगरपालिकामा अब २५ हजार ३ सय ९८ मत गन्न बाँकी हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका नागेश कोइराला ५ हजार ५ सय ४१ मतले अगाडि बढेका छन् । अहिलेसम्ममा विराटनगरमा खसेको मत ८९ हजार ६ सय ७८ मतमध्ये ६४ हजार २ सय ८० मत गणना भएको हो ।विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ मतदाता थिए । गणना भएको मतमध्ये काँग्रेसका कोइरालालाई २० हजार ९ सय ७५ मत परेको छ । यस्तै नेकपा एमालेका सागर कुमार थापालाई १५ हजार ४ सय ३४ मत रहेको छ । जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव