टाटा कमर्शियल भेहिकलको सर्भिस क्याम्प, ५२ वटा सर्भिस सेन्टरमा हुने क्याम्पमा छुटैछुट

सिप्रदी ट्रेडिङले टाटाको कमर्शियल भेहिकलका लागि देशभर सर्भिस क्याम्प संचालन गरेको छ। दसैंलाई लक्षित गर्दै टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प देशभरका ५२ वटा सर्भिस सेन्टरमा एकै साथ आयोजना भइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सोमबारदेखि संचालन भएको सर्भिस क्याम्प असोज २० गतेसम्म चल्नेछ। कम्पनीका अनुसार क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, ब्रेक आइटममा १५ प्रतिशत छुट र लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट हुनेछ। कम्पनीले हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डीइएफमा २० प्रतिशत र ब्याट्रीमा २० प्रति...