गोरखा २ ‘ख’ बाट प्रदेससभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सपथग्रहण पश्चात नागरिकसँग कुराकानी गर्दै उनले आफुले पाउने सबै सेवा सुविधा जनताको लागि खर्च गर्ने बताए।
काठमाडौँ । स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् […]
स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् । सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा
काठमाडौं, साउन १८ । व्यापारीलाई मन्त्री नियुक्त गरेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आरोपहरुबारे स्पष्टिकरण दिनु भएको छ । राज्य मन्त्री बनेसँगै सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग भएको उहाँको जिकिर छ । ती व्यवसायको व्यवसायको कार्यकारी तथा पदिय भूमिका कानूनी रुपमा नै त्याग गरेको भन्दै उहाँले पदमा रहेसम्म स्वार्थ बाँझिने कुनै कार्य […]
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीको हैसियतमा सरकारबाट पाउने गाडी, इन्धन, आवासलगायतका कुनै सुविधा नलिने निर्णय गरेका हुन्।
उनले आफ्नै...
काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन्। सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक मन्त्रीको रुपमा आवास,तलबभत्ता लगायतको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन्। उनले पदमा रहुञ्जेल आफू संग्लग्न सबै व्यावसायिक संस्थाबाट अलग घोषणासमेत गरे। शिक्षा,स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् ।आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा बताएका छन् । उनले आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन् ।