काठमाडौं । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले शुक्रवार आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा सेना दिवस मनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रिको दिन सेनाले यो दिवस मनाउँदै आएको छ ।
सो अवसरमा नेपाली सेनाका जवानहरुले युद्ध कौशल, परेड तथा तोप बढाइँ, कवाज, प्यारासुट ,साँस्कृतिक झाँकी लगायतका प्रस्तुतिहरु देखाएका छन । सर्वसाधारणहरु टुँडिखेल बाहिर रहेर प्रस्तुतिहरु हेरेका थिए । हेलिकप्टर नजिकै आएका कारण धुलो उडेर मानिसहरु केही क्षण अतालिएका थिए ।
तस्वीरहरू : सुनिल शर्मा /आर्थिक अभियान