अमेरिकाको पछि लागेर भारतको दुर्गति, तालिबानलाई मान्यता नदिँदा झन् बिग्रन्छ कुरा

अफगानिस्तानमा तालिबानले सत्ता हात पार्नु कुनै आश्चर्यको कुरा हैन । यति छिटो सत्तामा आउला भन्ने अनुमान चाहिँ प्रायः कसैले पनि गरेका थिएनन् ।  त्यस देशमा बसिरहने साहस अमेरिकाले गर्न सकेन । अशरफ गानी परिस्थिति खतरनाक बनेपछि देशबाट भागे । राष्ट्रिय सेनाले सजिलै घुँडा टेकिदियो ।  अमेरिकाको अर्बौं अर्ब डलर पानीमा बगे जस्तो भयो । कहिल्यै नटुंगिने यस युद्धमा अमेरिकाले पैसा सत्यानाश गरिदियो । अब अमेरिका हिँडेपछि अफगानिस्तानमा के हुन्छ भन्ने चर्चा चल्दैछ । तालिबानले पश्चिमी शैलीको लोकतन्त्र त अपनाउँदैन ।  ...