रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताउनुभएको छ । नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उहाँले आफूले गल्ती गरेमा नागरिककाे बीचमा माफी माग्न तयार रहेको बताउनुभएको छ ।
३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण क...