एक सातामा आज साँझ खुल्यो मध्यपहाडी लोकमार्गको पर्वतखण्ड

पर्वत : एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड बिहीबार साँझ सञ्चालनमा आएको छ। एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्र बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो आवागमनका लागि भने अझै केही समय लाग्ने भएको छ।भदौ १७ गते रातिको भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे ८ किलोमिटर सडकमा २० ठाउँमा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो।मौसममा सुधार आएपछि भदौ १९ गतेदेखि मध्यपहाडीको पर्वतखण्डमा काम गरिर