ग्लोबल आइएमई बैङ्क र ग्यास विक्रेता महासङ्घ बिच क्युआर कोड प्रवर्द्धनका लागि सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र ग्यास विक्रेता महासङ्घ, नेपाल बिच ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा विक्री गर्दा क्युआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् […]