पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत अर्थात् एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रामा खोप दिने घोषणा गरेको थियो । पुस मसान्त अर्थात्, शुक्रबारसम्ममा लक्षित जनसङ्ख्यामध्ये ५९.६ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७८.६ प्रतिशतले खोपको कम्तीमा एक मात्रा लगाएका छन् । सरकारले १८ दिन अघि दैनिक ५ लाख खोप लगाइने योजना सार्वज