एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो । भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।