अवकाशप्राप्त भइसकेपछि पूर्वप्रधान्यायाधीशको हैसियत एक आमनागरिकसरह पनि हुन्छ। त्यसकारण व्यक्तिगत तवरमा आफ्ना कुरा राख्न पाउने स्वतन्त्रता जो कसैलाई हुन्छ। पूर्वन्यायाधीश बलराम केसीको विचारमा व्यक्तिगत हैसियतमा आफ्ना कुरा पूर्वप्रधानन्यायाधीशले राख्न पाउँछन्। ‘कार्कीको उपस्थिति पूर्वप्रधानन्यायाधीश हैसियतमा भएको हो भने आपत्तिजनक छ। तर, व्यक्तिगत हैसियतमा भएको उपस्थितिप्रति टिप्पणी गर्न मिल्दैन', उनले भने। पूर्वप्रधानन्यायाधीश कार्की अवकाशपछि आफ्नो हैसियत आमनागरिकसरह…