‘विक्रम वेधा’ को हिन्दी रिमेकमा जोडिइन् अभिनेत्री राधिका आप्टे

एजेन्सी। तमिल ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा बलिउड अभिनेत्री राधिका आप्टे जोडिएकी छन्। एक रिर्पोटअनुसार फिल्ममा आप्टे महत्त्वपूर्ण भूमिकामा देखिनेछन्। फिल्मको प्रमुख भूमिकामा निर्माता टोलीले यसअघि नै अभिनेताद्वय ऋतिक रोशन र सैफ अलि खानलाई पक्का गरिसकेको छ। निर्माता टोलीले फिल्म प्रदर्शनको मिति ३० सेप्टेम्बर, २०२२ राखेका छन्। हालसम्म हिन्दी रिमेकको नाम पक्का नभएपनि फिल्मको शुटिंग दुई महिनापछि सुरु हुनेछ।