जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले प्रदेश संसदीय दलको नेतामा प्रदेश २ का मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउतलाई चयन गरेको छ । यादव समूहले आइतबार संसदीय दलको विधानसमेत बहुमतले पारित गरेको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायले बताए ।