काठमाडौँ- कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ। मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको हो। कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन सिस्टममा दैनिक ४० जनाको नाम दर्ता गरिने बताए। उनले अत्यावश्यक परेका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि विशेष प्राथमिकता दिइने पनि बताए। कीर्तिपुर […]