नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नीति विनाको नेतृत्व चयन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व मात्रै निर्वाचित गर्ने र नीति तथा कार्यक्रम तय गर्नका लागि अर्को महाधिवेशन गर्ने निर्णय गरेको छ ।
कांग्रेसको विधानको दफा १५ मा ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ’ भन्ने व्यवस्था गरेको छ ।
कांग्रेसको विधानले अर्को व्यवस्था पनि गरेको छ । विधानको दफा १७ को उपदफा ५ मा महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने...