काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक जारी रहेको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावको विषयमा पनि छलफल भइरहेको न्यौपानेले बताए। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गर्ने सम्भावित कार्यस