पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु भन्दै ८ जनाबाट साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।तनहुँको बन्दिपुर गाउँपालिका घर भई हाल काठमाडौँ म्हेपी बस्ने सुकमाया गुरुङले श्रेष्ठ विरुद्ध ठगीको उजुरी दिएकी दिइन् । श्रेष्ठले आफू नेपाल अनाथ आश्रम असहाय समाज नामक संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार