बजेट शून्य भएपछि उपचारमा समस्या

सरकारले सन् २०३० सम्ममा रेबिज तथा पिपिआर रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ । नेपालकै प्रयोगशालामा उत्पादन हुने खोपकै कारण सरकारले लिएको लक्ष्य पूरा गराउन यस क्षेत्रका जनशक्ति खटिइरहेका पनि छन् । सरकारले बजेटमै राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट पाँच करोड ६० लाख डोज खोप उत्पादन गर्ने निर्णय गरेको छ । तर प्रयोगशालामा बजेट शून्य भएपछि खोप उत्पादन रोकिने देखिएको छ । अहिलेको लम्पी स्किन सङ्क्रमण रोक्न विभिन्न खोजी तथा अन्वेषण गर्न प्रयोगशाला आवश्यक छ । तर आर्थिक वर्ष २०८०/८१ को बजेटमा त्यस्ता प्रयोगशालाको बजेट शून्यमा झारेपछि सो क्षेत्रमा अन्योल देखिनुका साथै त्यस्ता कार्यालयमा अत्यावश्यकबाहेकका काम रोकिएका छन् ।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडान अन्यौलमा

साउन २८, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अन्यौलमा परेको छ । नेपलमा प्लान्ट निर्माणको समान नपाइदा जडान कार्य अन्यौलमा परेको हो । गत असार महीनाभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको थियो । सम्झौता भएपनि कम्पनीले हालसम्म प्लान्ट जडानको काम शुरू गरेको छैन । प्लान्ट स्थापना गर्न संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेर प्रक्रियमा गएपनि प्लान्ट जडानको सामन नपाएकाले हालसम्म पनि जडानको काम शुरू नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । ‘ठेकेदारले प्लान्ट जडानको समानको अडर भएको र अहिलेसम्म प्राप्त नभएको बताउँदै आएको छ’ उनले भने । आफूसँग स्टोक समान नभएकाले चिनबाट निर्माणको समान मगाएको सप्लायर्सले बताएको छ ।  जिल्ला अस्पताल बैतडी र हेल्थ केयर सप्लायर्स काठमाडौंबिच एक महीनाभित्र जडान गरी सक्ने भनी सम्झौता भएको थियो । सप्लायर्सले समान नपाइएकाले थप एक महीना साउन मसान्तसम्मको समय थप गराएको छ । थप समयमा पनि जडान गर्न नसकिने देखिएपछि अहिले जडानको काम अन्यौलमा परेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । अहिले तेस्रो लहर आउने सम्भावना बढेपनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने अस्पताले बताएको छ ।  प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणाधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्नेछ । जिल्ला अस्पताल बैतडीमा १०० भन्दा बढी अक्सिजन सिलिन्डर छन् भने ३२ ओटा अक्सिजन कन्सन्ट्रेटर छन् ।

जलन वार्ड चल्ने अत्तोपत्तो छैन

वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ । गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।