नबिल बैंकले जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय सक्षरता कार्यक्रम गरेको छ । बैंकले तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्धेश्उले ६ दिने उद्यमशिलता विकास र वित्तीय साक्षरता आयोजना गरेको हो ।यसका लागि बैंकले राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।