राजगढ गाउँपालिकाका अध्यक्षमा एमालेका मण्डल विजयी

सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।उपाध्यक्षमा निर्वाचित रेणुदेवीले ३ हजार ८ सय ८० मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७ सय ७ मत ल्याएकी छन् । 

सम्बन्धित सामग्री

बर्दरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी

कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्ण कुँवर विजयी भएका छन्। गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले हराउँदै कुँवर अध्यक्षमा विजयी भएका हुन्।  कुँवर पाँच...

षडानन्द गाउँपालिकाको अध्यक्षमा एमालेका उदास विजयी

भोजपुरको षडानन्द गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र कुमार उदास विजयी भएका छन् । उनले ६ हजार ७७२ मतका साथ विजय हासिल गरेका हुन् ।उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका वीरबल राईले ५ हजार ७५७ मत पाए । यस्तै उपाध्यक्षमा माओवादीकी प्रमिला राई ७ हजार २५७ मतका साथ विजयी हुँदा एमालेकी मेरिका राई पराजित बनिन् ।

कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर विजयी

बिराज रोस्यारा कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उनी अध्यक्षमा विजयी भएका हुन ।विजयी कुँवरले पाँच हजार ४८२ र पराजित भएका कठरियाले चार हजार १८६ मत प्राप्त गरे । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट […]

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई विजयी हुनुभएको छ । उहाँले ३०८५ मत प्राप्त गर्नु भएकाे हाे ।  उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत पाउनु भएकाे छ । मानबहादुर राईले प्रतिस्पर्धी भन्दा ७०३ मत बढी ल्याएर विजयी हुनुभएकाे हाे ।

मकवानपुर भीमफेदीको अध्यक्षमा एमालेका लामा विजयी

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। २०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।श्रेष्ठले पाँच हजार

मकवानपुरको इन्द्रसरोबरको अध्यक्षमा एमाले विजयी

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका  देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले विजयी भएकी हुन् । प्रमुखमा निर्वाचित पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत

भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका लामा विजयी

हेटौँडा: मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन्। उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्। लामाले कूल ५ हजार ५ सय ९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे। उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ…

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा विजयी

काठमाडौं, २ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेद्धवार हिदम लामा ५५९१ मत ल्याई विजयी भएका हुन् । उनीसँग नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तान पराजित भएका छन् । स्याङ्तानले ५२०९ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठले जितेका छन् । उनले ५३१५ मत ल्याए […]

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७ सय ७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार...

बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी

काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा एमाले विजयी भएको हो। अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गरे।उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका