दुई दिनमा झण्डै १५ हजारले लिए अग्रिम टिकट : यात्रु सहायता कक्ष पनि सञ्चालन हुँदै

काठमाण्डाै - दशैँ/तिहार तथा छठ पर्व मनाउन घर जानका लागि काठमाण्डौको नयाँ बसपार्कबाट दुई दिनमा झण्डै १५ हजार यात्रुले बसको अग्रिम टिकट लिएका छन् । अस्ति असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकोमा शनिवार र आइतवार गरी नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गएको भदौ २२ गतेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दूरीका गाडीका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्क सञ्...