बिहान ११ बजे सर्वोच्च जान लागेका जबरा निवासमै रोकिए

काठमाण्डाै - सर्वोच्च अदालत जाने तयारीमा रहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निवासमै रोकिनुभएको छ । उहाँले आज बिहान ११ बजे आफू सर्वोच्च जाने बताउनुभएको थियो । तर निवासको बाहिरसमेत प्रहरी तैनाथी बढाइएकाले आफू निस्कन नपाएको र सरकारले बल प्रयोग गरेर आफूलाई रोक्न खोजेको जबराको भनाइ छ ।  उहाँको निवासबाट निस्केका गाडीलाई पनि प्रहरीले जाँच गरेको छ । उहाँलाई सर्वोच्च प्रवेश गर्न नदिन सरकारले भनेपछि निवास बाहिर प्रहरी तैनाथी बढाइएको हो । जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चासँगै उहाँको नि...