काठमाडौं—के तपाईले हात्तीपाइले रोगको औषधि सेवन गर्नुभएको छैन ? प्रत्येक वर्ष हात्तीपाइले रोगको आम औषधि अभियान सञ्चालन थाहा पाएर पनि सेवन गर्नु भएन ? कि तपाईं पनि अभियानमा पुग्ने अनि औषधि ल्याएर घरमा राख्नेमा त पर्नु भएन ? होसियार यस्तो प्रवृत्ति खतरनाक हुन सक्छ । समस्या भएका विरामीले औषधि नखाँदा सधैँभरिका लागि हामी अपाङ समेत हुन सक्छौं ।हात्तीपाइले रोगको परजीवी शरीरमा भएनभएको सबैले थाहा पाउन सकिँदैन । अनि शरीरमा हात्तीपाइले रोग संक्रमण भएको छ कि छैन भनेर जाँच्न गाह्रो हुुन्छ ।