सुनसरीको इटहरी उपमहानगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो नतिजाअनुसार गठबन्धनबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार ९२४ मत ल्याउँदा एमाले उम्मेदवार यामकुमार सुव्वाले १६ हजार ८३० मत ल्याएका छन् ।त्यस्तै उपमेयरमा एमाले उम्मेदवार संगीताकुमारी चौधरीले १९ हजार २६३ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११ हजार ५ सय मत ल्याएका छन् । (यसअघिको समाचारमा तथ्यांक गलत भएकाले क्षम