पाटन अस्पताल लाइभ: संक्रमणमुक्त स्वास्थ्यकर्मी नै कोभिडका बिरामीको उपचार गर्दै, मनोवल बढाउँदै
धेरै स्वास्थ्यकर्मी छन्, जो अरुलाई कोरोनाबाट मुक्ति दिलाउन आफैं संक्रमित भए, त्यसलाई जितेर फेरि उही कर्ममा होमिए। पाटन अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ७० पुगिसकेको छ।
कोरोना भाइरस (कोभिड–१९) ले यतिखेर विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपालमा पनि यो भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय नाघिसकेको छ । तीमध्ये छजनाको मृत्यु भइसकेको छ । सरकारले कोरोना भाइरस लागेका सङ्क्रमितको उपचार गर्न छुट्टै अस्पताल तोकेको पनि छ । ती अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपत्यकाका पाटन अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचार गर्ने अस्पतालको रूपमा तोकिएको छ । उपत्यका बाहिर नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल नेपालगञ्जलगायत अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । ती अस्पतालमा काम गर्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा छन् । कोरोना सङ्क्रमणको उच्च जोखिम हँुदाहँुदै पनि सङ्क्रमितको उपचारमा ती स्वास्थ्यकर्मी सेवारत छन् । तीनै स्वास्थ्यकर्मीको अनुभवलाई यहाँ समेट्ने प्रयास गरिएको छ ।