शैया लुकाउने अस्पताललाई कारवाही : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि अस्पतालले शय्या लुकाए कारवाही गर्ने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् । ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अ

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज  साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Prashasan

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।

Dekhapadhi

फलाममा आत्मनिर्भर बन्दै नेपाल- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फलाम र स्टिलको कच्चा पदार्थको लागि बाहिर जानु नपर्ने बताएका छन्। "सरकारले यतिबेला नेपालमै फलाम खानीको अन्वेषण गर्दै छ। उक्त अन्वेषण सफलताको नजिक पुगेको र उत्पादन सुरु भएपछि कच्चा पदार्थ ल्याउन विदेश जानु पर्दैन," प्रधानमन्त्री ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्दै यस्तो बताएका हुन्। सरकारले पूर्वी नवलपरासीको धौवादीमा फलाम खानीको अन्वेषण गरिरहेको छ।

Dekhapadhi

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले ढलेको धरहराको पुनर्निर्माण ६ बर्षपछि भएको हो ।

Artha Dabali

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’

अनलाइनखबर

ठोरीमा हुलाकी राजमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । ठोरीबाट काठमाडौं आएको एक प्रतिनिधि टोलीले सोमबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीलाई भेटेर हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २/४ ओटा रुख र […]

अनलाइनखबर

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच भेट भएको हो। भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।

पहिलो पोस्ट

प्रधानमन्त्री ओलीको ‘म त भाग्यमानी’ शिशिर योगीको स्वरमा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको छ । ‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिनुभएको छ । भिडिओको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ । गीतमा गायक एवम् संगितकार योगीले नै अभिनय गर्नुभएको छ । अन्य कलाकार गीतमा प्रयोग गरिएको छैन । आठ मिनेटभन्दा लामो भिडिओलाई वीरेन्द्र भाटले निर्देशन गर्नुभएको हो ।

Yug Darshan

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् […]

अनलाइनखबर

पहिलो चरणमा चार प्रदेशमा चुनाव : प्रधानमन्त्री

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च […]

अनलाइनखबर

अब केपी ओली नयाँ पार्टी खोलेर चुनाव लड्न तयार होलान् ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]

अनलाइनखबर

भारतले दिएको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर

Ratopati