निजामती अस्पतालको निर्देशकमा डाक्टर विधाननिधी पौडेल

२६ फागुन, काठमाडौं । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त भएका छन् । वीर अस्पतालमा कार्यरत उनलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निजामती अस्पतालको निर्देशकमा नियुक्त गरेको हो। त्यसअघि कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा डा. पौडेलसहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज […]