सिमी र चिनो किन्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाको रैथाने बाली सिमी र चिनोको चामल खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले अन्य क्षेत्रमा लगेर बिक्री गर्न हुम्लाको अर्गानिक उत्पादन सिमी र चिनोको चामल खरिद गर्ने भएको हो । सो कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ती बाली खरिद गर्ने भएको जानकारी दिनुभयो । किसानबाट खरिद गर्नका लागि सूचनासमेत सार्वजनिक भइसकेको छ ।