नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षकको तलबभत्ता निजामती कर्मचारीहरुको भन्दा एक रुपैयाँले भए पनि बढी हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै पूर्वशिक्षामन्त्री समेत रहेका सांसद पौडेलले निजामती कर्मचारीहरुको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताए ।