रुपन्देहीको फर्निचर उद्योगमा आगलागी

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।  रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बिहीबार साँझदेखि  तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको कनौजे ट्रेडर्स नामक फर्निचर उद्योगमा आगलागी सुरु भएको हो ।  आगो निभाउनका लागि बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाबाट दमकल ल्याइएको थापाले बताए । के कति करणबाट आगलागी भएको हो ? भन्ने बारे खुलिनसकेको थापाले जानकारी दिए । 

सम्बन्धित सामग्री

रुपन्देहीमा फर्निचर उद्योगमा आगलागी

२५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्स फर्निचर उद्योग र उद्योगको शोरुममा बिहीबार साँझपख आगलागी भएको हो । चार वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीबाट तयारी फर्निचर र उद्योगमा रहेका काठ जलेर नष्ट प्रहरीले जनाएको […]