कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन ।विसं २०६४, २०७० र २०७४ को तीन वटै निर्वाचनमा शुक्लाफाँटा विस्थापितको पुनःस्थापनाको विषय प्रमुख राजनीतिक दलदेखि सबै उम्मेदवारको प्रमुख मुद्दा बन्ने गरेको भए पनि सो विषयले अझै समाधान कहिले पाउने भन्ने अन्योलता कायमै छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निकुञ्ज विस्थापित सबैभन्दा बढी निर्वाचन क्षे