बढिरहेको छ आईसीयूमा उपचार गराउनु पर्ने कोरोना संक्रमितको संख्या

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्नेको संख्या पनि बढेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हाल देशभर आईसीयूमा ३४ र भेन्टिलेटरमा पाँच संक्रमितको उपचार भइरहेको छ। आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमित बढेको मात्र छैन, संक्रमणबाट मृत्यु समेत हुन थालेको छ। मन्त्रालयको विवरण अनुसार ९१ प्रतिशतले कोभिड विरुद्धको खोप लगाइसकेको अवस्थामा पनि संक्रमणबाट आईसीयुमा उपचार गराउनु पर्ने संक्रमित