धनुषामा लुटेराले प्रहरीलाई कुटे, असई घाइते

धनुषाको बटेश्वर गाउँपालिकामा लुटेराको एक समूहले प्रहरीमाथि आक्रमण गरेको छ । बटेश्वर–४ मा मंगलबार राति लुटेरा समूहले प्रहरी चौकीका असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् । लुटेराको आक्रमणबाट असई पोखरेल घाइते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घाइते असईको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । उनको टाउकोमा १२ वटा टाँका लागेको रजौरेले बताए ।ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका–७ का अमित पासवानलाई लुटपाट गरेका थिए । सो घटनाबारे ज