कैफियत गर्ने २८६ वटा फर्मलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनामा २८६ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । गत साउनदेखि पुससम्म विभागको नेतृत्वमा ८०७ वटा व्यावसायिक फर्मको अनुगमन गरिएकोमा उक्त सङ्ख्याका व्यावसायिक फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । ऐनअनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा वनावटलगायत झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै कम्तीमा पाँच हजारदेखि बढीमा तीन लाख रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

सम्बन्धित सामग्री

अशुद्ध पानी वितरण गर्ने पानी उद्योगमा सिल, एक लाख ९० हजार जरिवाना

नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ ।

साउनयता तीन सय ४७ फर्मलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ। गत साउनयता विभागले एक हजार एक सय...

११ महिनामा १२०१ फर्मलाई कारबाही, डेढ करोडभन्दा बढी जरिबाना

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गत साउनदेखि हालसम्म १२०१ फर्मलाई कारबाही गरेको छ । विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार कारबाहीमा परेका ती फर्मबाट १ करोड ५० लाख ८६ हजार रूपैयाँ जरिबाना असुल गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म २७१३ वटा फर्ममा अनुगमन गरिएको शर्माले जानकारी दिए । कैफियत […]

९ महिनामा १ हजार व्यापारिक फर्मलाई कारबाही, झण्डै सवा करोड राजस्व संकलन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गरेको छ । विभिन्न बहानामा अस्वभाविक मूल्यवृद्धि गर्ने र प्रतिबन्धित सामग्रीको बिक्री वितरण गर्नेहरुलाई कारबाही गरेको हो । चालु आर्थिक वर्षको वैशाखसम्ममा २ हजार १८७ वटा व्यापारिक फर्महरुमा अनुगमन गरी कैफियत देखिएका १ हजार १२ फर्मलाई कारबाही भएको छ […]

५२ व्यवसायिक फर्म कारबाहीमा

विराटनगर-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न व्यावसायिक फर्मलाई कारबाही गरी १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा २ सय २ वटा फर्म अनुगमन गरेकोमध्ये कैफियत भेटिएका ५२ वटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र […]

चार महिनामै ३१५ फर्म कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म उपत्यकामा एक हजार १७१ व्यावसायिक फर्ममा अनुगमन गर्दा कैफियत भेटिएका ३१५ फर्मलाई कारबाही गरेको छ । उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गररी ति फर्मबाट १ करोड १८ लाख ७४ हजार जरिवाना संकलन गरिएको विभागले जानकारी दिएको छ ।विभागले कसूरअनुसार यस्ता फर्मलाई पाँच […]

अढाई महिनामा ११२ फर्म कारबाहीमा

साउनयता उपभोक्ता ठगी गर्ने कुल ११२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा बजार अनुगमन गरेर साढे दुई महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ११२ फर्मलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि असोज १४ गतेसम्म उपत्यकामा रहेका ५०२ व्यावसायिक फर्ममा अनुगमन गरेकोमा कैफियत […]