आरजुसँगको भेटबारे प्रचण्डले भने : आपराधिक गिरोहले भ्रम फैलाए

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कांग्रेस नेत्री आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्‌यन्त्र बनाएर प्रचार गरिएको बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन्। उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे।