भोजपुर : जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवनको निर्माण थालिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित रु. तीन करोड ३२ लाख लागतमा व्राइटबुल यूडी विल्डर्स जेभीले क्वाटर भवन निर्माण थालेको हो।भवन निर्माणको हालसम्म भौतिक प्रगति ५० प्रतिशत रहेकोले सम्झौता अवधिअगावै सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। निर्माण शुरु भएको छोटो अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीको भनाइ छ। सम्झौताअनुसार निर्माण अवधि २०७९ सालको फागुनसम्म रहेको भए पनि गुणस्तरीय ढंगले निर्मा