एमाले अधिवेशन : अर्घाखाँचीमा पिताम्बर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा

नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ । एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ । तर, नेतृत्वको लागि पिताम्बर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् ।