विश्वको सबैभन्दा बढी मुस्लिम भएको देशको नोटमा हिन्दु देवताको तस्बिर किन ?

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार भाजपा र कांग्रेसलाई चकित पार्दै भारतीय मुद्रामा हिन्दु देवता गणेश–लक्ष्मीको तस्बिर राख्न अपिल गरे । अरविन्द केजरीवालले आफ्नो उक्त अपीलमा यदि विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले उसको मुद्रामा गणेशको फोटो राख्न सक्छ भने हिन्दु बहुल मुलुक भारतले किन नगर्ने भन्ने प्रश्न गरेका छन् । आम आदमी पार्टीका प्रमुखले इन्डोनेसियाको ८५ प्रतिशत जनसंख्या मुस्लिम र दुई प्रतिशत मात्र हिन्दु रहेको तर पनि आफ्नो मुद्रामा हिन्दु देवता गणेशको तस्बिर